वन्यजन्तु चोरी सिकार गरेको आरोपमा दुईजना पक्राउ

 असार १३, २०७५ बुधबार ११:३८:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – वन्यजन्तु चोरी सिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारी तथा नेपाली सेनाको गस्ती टोलीले खप्तड क्षेत्रमा वन्यजन्तुको चोरी सिकारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटीको सायल गाउँपालिका ३ भल्मा बस्ने वर्ष ४८ को डम्मर भुल तथा त्यहीँका  ५२ वर्षीय लालबहादुर बोगटी रहेका छन् ।

गस्ती टोली भल्मा क्षेत्रमा जाँदा डम्मर भुलको गोठमा लुकाई छिपाई राखेको आलो (काँचो) अवस्थामा रहेको रतुवाको छाला, मासु, ढेडु बाँदरको टाउको, छाला अनि भालुका नंग्रा जस्तो देखिने वस्तुहरु फेला पारेको खप्तड राष्ट्रिय निकुञ्जका वन्यजन्तु संरक्षण अधिकृत प्रकाश शाहले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ ।


 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया