सोमबार कोरियन वनको भाउ केही घट्यो, अरु विदेशी मुद्रा स्थिर

 चैत ११, २०७५ सोमबार १०:५०:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ स्थिर छ । कोरियन वन भने केही पैसाले घटेको छ ।

आज सोमबार लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा छ । यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६९ पैसा तोकिएको छ । 

बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा छ । यस्तै, आज सोमबार कोरियन वनको भाउ केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । 

अन्तिम अपडेट: मंसिर २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया