धराैटी बुझाएर छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्काे मुद्दामा...
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले अलपत्र परेका १६ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । घर फर्किनको लागि टिकट काट्ने खर्च नभइ जुरु घरफिर्ती केन्द्र र जोहरवारु घरफिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपालीलाई दूतावासले घर फर्काएको हो ।
मोरङका महेन्द्र खवास, कमल मगर, बलराम खरेल, इलामका राम लिम्बू, किशोर राई, दाङका हरिद्वारप्रसाद यादव, रुपन्देहीका दिलिपकुमार मल्ल, पाँचथरका अनिल आङ्थापो, स्याङ्जाका राजु कार्की, नवलपुरका राम दरस कोहर, तनहुँका टेकबहादुर थापालाई दूतावासले नेपाल फर्काएको हो ।
त्यसैगरी, उदयपुरका लालश्री राई, नवलपरासीका दिपक कुमार यादव, रोल्पाका अशोक पुन मगर, ताप्लेजुङका भरतकुमार लिम्बू र महोत्तरीका अरबिन्दप्रसाद साहलाई घर फर्काइएको दूतावासले जनाएको छ ।
फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ जना र चैत ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० जनालाई उद्धार गरी दूतावासले स्वदेश पठाएको हो ।
जेलमा रहेका नेपालीहरुले विभिन्न मुद्दा झेलिरहेको भन्दै झुटो त्रास देखाएर कसैले पैसा मागेमा नदिन दूतावासले सम्बन्धित सबैसँग आग्रह गरेको छ ।
जेलमा रहेका पीडितले मुद्दा झेलिरहेको भन्दै त्रास देखाएर उद्धार गरिदिने बहानामा परिवारबाट धेरै पैसा असुल्ने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएकाले अपरिचित व्यक्तिले उद्धार गर्छौं भन्दै पैसा मागेमा नदिन दूतावासले आग्रह गरेको हो ।
विभिन्न मनिट्रान्सफरबाट रमक बुझेपछि एजेन्ट सम्पर्कविहीन हुँदा समस्या भएको भन्दै दूतावासले जेलमा परेका व्यक्तिको कानुनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयबाट मात्रै पठाउन पनि अनुरोध गरेको छ ।
घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुको उद्धारका लागि नेपालबाटै कन्सुलर सेवा विभागबाट जानकारी लिई एकतर्फी हवाई टिकटको व्यवस्थासहित मलेसियामा रहेको नेपाली दूतावासमा पठाउन सकिन्छ । आफन्त जेलमा अथवा घरफिर्ती केन्द्रमा भएमा कन्सुलर सेवा विभागमा गएर सम्पर्क गर्न सकिन्छ ।
त्यस्तै मलेसियामा घरफिर्ती केन्द्र तथा जेलमा रहेका नेपालीको उद्धारको जानकारीका लागि दूतावासको टेलिफोन नम्बर ०३२०२०१८९८ ९९ मा सम्पर्क गर्न सकिन्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।