विदेशीले नेपालमा झन्डै २८ अर्ब खर्च गर्दा नेपालीले विदेशमा ६८...
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौं – वैदेशिक रोजगारी क्रममा ठगिएमा अब हुलाक र विद्युतीय माध्यमबाट पनि उजुरी दिन सकिने भएको छ ।
केही नेपाल ऐन शंसोधन गर्न बनेको विधेयक मार्फत वैदेशिक रोजगार ऐन २०६४ मा गरिएको शंसोधनपछि अब हुलाक र विद्युतीय माध्यमबाट उजुरी दिन सकिने भएको हो ।
अहिलेसम्म ठगिमा परहेका व्यक्ति उजुरी दिन वैदेशिक रोजगार विभागमा आफैं उपस्थित हुनुपर्ने बाध्यता थियो । ऐनमा गरिएको शंसोधनले अब पीडितले हुलाक वा अनलाइन माध्यमबाटै उजुरी दिन सक्नेछन् ।
अहिलेको शंसोधनले प्रमुख जिल्ला अधिकारीलाई पनि उजुरी लिने र मेलमिलाप गराउने अधिकार दिएको छ । ऐनको दफा २१ को ‘क’ मा हुलाक र विद्युतीय माध्यमबाट उजुरी गर्न सकिने र त्यसरी प्राप्त भएको उजुरी जिल्ला प्रशासन कार्यालय र वैदेशिक रोजगार विभागले दर्ता गरी कारबाही गर्नुपर्ने उल्लेख छ ।
यदी प्रमुख जिल्ला अधिकारी समक्ष आएका उजुरी संस्थागत अर्थात इजाजत पत्र प्राप्त म्यानपवारका विरुद्धमा भए यस्ता उजुरी ७ दिनभित्र विभागमा पठाउनु पर्नेछ । यदी व्यक्तिका विरुद्धमा उजुरी गरिएको भए छानविन गरी पीडितलाई क्षतिपूर्ति दिलाएर मेलमिलाप गराउने र त्यसको जानकारी विभागलाई गराउनु पर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।