कलिङ भिसा लागेका कामदारलाई लाने व्यवस्था गर्न मलेसियालाई नेपालको आग्रह

 चैत ४, २०७५ सोमबार १५:२०:१९ | उज्यालो सहकर्मी

काठमाण्डौं – नेपालले कलिङ भिसा लागेका नेपाली कामदारलाई मलेसिया लाने व्यवस्था गर्न मलेसियालाई आग्रह गरेको छ । 

सोमबार मलेसियाको परराष्ट्र मन्त्रालयका कार्यबहाक महासचिव राजा दातो नुरसिरवान बिन जाइनल अबिदिनसँग भएको भेटमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कलिङ भिसा लागेर बसेका नेपाली कामदार ल्याउने व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।

यस्तै नेपाली कामदारका लागि मलेसियाको रोजगारी चाँडो खोल्ने विषयमा भएको छलफलमा राजदूत पाण्डेले दुई देशबीच भएको एमओयु र त्यसमा पनि खास गरी स्वास्थ्य परीक्षणमा ल्याइएको मापदण्डमा मलेसियाले छिटो काम अघि बढाइदिए नेपाली कामदारलाई मलेसिया आउने बाटो खुल्ने बताउनुभएको थियो ।

भेटमा मलेसियामा रहेका नेपाली कामदारको अवस्था र समस्याका विषयमा पनि छलफल भएको मलेसियामा रहेको नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

भेटमा यही चैत १५ र १६ गते काठमाण्डौंमा हुने लगानी सम्मेलनमा मलेसियन लगानीकर्ताको सहभागीता र लामो समयदेखि हुन नसकेको दुई देशबीचको उच्च स्तरीय भ्रमण सुरु गर्ने  विषयमा पनि कुराकानी भएको छ । 

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया