काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिचय विकसित र आधुनिक देशको रुपमा चिनाउने गरी काम गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशलाई विद्वानहरुको देश बनाउँदै आधुनिक र विकसित देश बनाएर पहिचान बदल्ने गरी काम गर्न सरकार लागिपरेको पनि बताउनुभयो ।
नेपाललाई दुनियाँको सूसभ्य, नैतिकवान, शान्त देश बनाउने गरी सरकारले अनेक प्रयास अघि बढाएको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको सीमानाभित्र छिरेपछि ढुक्कको श्वास फेर्ने गरी शान्ति सुरक्षाको सु–व्यवस्था कायम गर्ने सन्दर्भमा काम भइरहेको बताउनुभयो ।
नेपालकाे सुरक्षा व्यवस्था चुस्त भैरहेकाे बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे ‘नेपालको सीमानाभित्र पसियो, अब सुरक्षाको चिन्ता गर्नु पर्दैन, सुनचाँदीका गहना होस् वा साना झोला नै किन नहोस् कुनै पनि सामान हराउने चिन्ता अब रहँदैन’, ओलीले भन्नुभयो, ‘यो नेपाल हो नेपालमा सानोभन्दा सानो सामान होस् वा जिउ ज्यान सबैको सुरक्षाको प्रत्याभूत छ भन्ने सन्देश फैलाउन त्यस्तै काम गर्नु जरुरी छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Khagendra Dhungana
Feb. 13, 2019, 4:26 p.m.ल्याएजति समान सबै एयरपोर्टमा राख्नुपर्छ, अनि केहि हराउन्न /