काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
अष्ट्रेलियाको एक अदालतले बुढाबुढीको स्याहार केन्द्रमा काम गर्दा बिरामीलाई दुर्व्यवहार गरेकाे आरोपमा एक नेपाली युवालाई ८ महिनाको जेल सजाय सुनाएको छ । ती नेपाली युवा ४ महिनादेखि जेलमै छन् । उनले अब चार महिना जेल बस्नुपर्नेछ ।
चार महिना अघि नेपाली युवा प्रकाश पौडेलले नियमित स्याहारको क्रममा डिमेन्सियाका रोगी एक वृद्धलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै उनलाई प्रहरीले फक्रेको थियो । सिड्नीको म्यनली अदालतले पौडेलको क्षमा याचनालाई अस्वीकार गर्दै जेल सजायको फैसला सुनाएको हो । अब उनले बाँकी चार महिना जेल बसेपछि क्षमाका लागि आवेदन दिन सक्नेछन् ।
चारमहिना अघि एजकेयरमा आफ्नो बाबुमाथि अमानवीय व्यवहार हुने गरेको प्रमाण पीडितकी छोरीले दिएकी थिइन् । उनले लुकाएर राखेको क्यामाराबाट खिचेको भिडियो सार्वजनिक गरिदिएकी थिइन् । पौडेलले मानसिक समस्या भएका ८२ वर्षीय वृद्धकाे लुगा तानेर लछापछार गरेको, चप्पलले हिर्काएको र अमानवीय तरिकाले खाना खुवाएको भिडियो सार्वजनिक भएको थियो ।
अष्ट्रेलियामा अधिकांश नेपालीले 'एजकेयर'मा काम गर्छन् । प्रकाशले ८२ वर्षीय बृद्धलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि यहाँको सरकारले 'एजकेयर' क्षेत्रलाई व्यवस्थित गर्न रोयल कमिसन गठन गरेको छ । सरकारले अष्ट्रेलियाको 'एजकेयर' क्षेत्रलाई उच्चस्तरको सेवा पाउने क्षेत्रको रुपमा व्यवस्थित गर्न लागेकाे छ ।
पारिवारिक भन्दा पनि व्यक्तिगत जीवन बाँचिने अष्ट्रेलियामा बुढाबुढी भएपछि मान्छेहरु पैसा तिरेर नर्सिङ होममा बस्छन् । उमेर पाक्दै गएर हात खुट्टा नचल्ने भएपछि "केयरगिभर' अर्थात् हेरचाह गर्ने मान्छेले त्यस्ता वृद्धवृद्धालाई औषधि, खाना र सरसफाइ गराउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि विद्युतीय सञ्चारमाध्यममा सकृय सुवेदी अष्ट्रेलियाबाट उज्यालो अनलाइनका सामग्री तयार पार्नुहुन्छ।