पालिका उपचुनाव : ६२ प्रतिशतभन्दा धेरै मत खस्याे
मंसिर १६, २०८१ आइतबार
गोरखा - वरिष्ठ स्नायु शल्यचिकित्सक उपेन्द्र देवकोटाको निधनको शोकमा, उहाँले पढेको अमरज्योति जनता मावि, लुईंटेल मंगलबार बिदा गरिएको छ ।
पालुङटार नगरपनलिका-४ मा रहेको विद्यालय परिवार आफ्ना पूर्व विद्यार्थी डाक्टर देवकोटाको निधनमा शोकाकुल भएकाले मंगलबार एकदिन विद्यालय बन्द गरिएको व्यवस्थापन समिति अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
दिनभर विद्यालयको पढाई बन्द गर्ने र बेलुका देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गरिने उहाँले बताउनुभयो । आफ्ना पूर्व विद्यार्थीको निधनले विद्यालय परिवार, अभिभावक, उहाँका सहपाठी लगायत गाऊँ नै शोकाकुल भएको न्यौपानेले बताउनुभयो ।
डाक्टर देवकोटाले कक्षा ५ देखि १० सम्म अमरज्योति जनता माविमा पढ्नुभएको थियो । ४ कक्षासम्म घर नजिकैको सुदर्शन प्राविमा पढेका देवकोटा त्यहाँबाट पहिलो हुँदै अमरज्योतिमा भर्ना हुनुभएको थियो ।
अमरज्योति विद्यालयमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र देवकोटाले ५ कक्षादेखि सँगै पढ्नुभएको हो ।
२०२६ सालमा यहि विद्यालयबाट प्रवेशिका परीक्षा दिएका देवकोटा देशभरमै उत्कृष्ट दशौं अर्थात बोर्ड टेन्थ हुनुभएको थियो । भट्टराई भने बोर्ड फस्ट हुनुभएको थियो ।
गएकाे वर्ष प्रतिनिधिसभा चुनाव अघि गाऊँ पुगेका बेला देवकोटा घरदेखि पैदलै हिँडेर विद्यालयसम्म पुगेको व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले स्मरण गर्नुभयो ।
‘बोहोरा गाऊँ (देवकोटाको घर) देखि स्कुलसम्म पैदलै हिँडेर आउनुभयो, न्यौपानेले भन्नुभयो’ , ‘वाल्यकालमा स्कुल गएको सम्झना पनि हुन्छ भन्दै झण्डै आधा घण्टा हिँडेर स्कुल आउनुभएको थियो । ’
अमरज्योतिको पुरानो शैक्षिक साख जोगाउने विषयमा डाक्टर देवकोटाले पटकपटकको भेटमा सल्लाह सुझाव दिने गरेको प्रधानाध्यापक गोविन्द खनालले बताउनुभयो ।
‘अंग्रेजी शिक्षा सुधारमा जोड दिनुहुन्थ्यो, खनालले भन्नुभयो, ‘अघिल्लो वर्ष भेट हुँदा अंग्रेजी सिकाउने गरी पाँचजना विदेशी स्वयंसेवी पठाईदिन्छु भन्नुभएको थियो ।’ उनीहरु विद्यालय आउने प्रक्रिया चलिरहेको छ ।
भूकम्पले भत्किएको पुरानो भवन भएकै ठाऊँमा नयाँ भवन निर्माणका लागि पनि देवकोटाले चासो दिनुभएको थियो ।
३० वर्षसम्म पढाएकी अमेरिकी गुरुआमा एलिनोर एल्किन्सको सम्मानमा चारकोठे भवन बनाउने उहाँको इच्छा थियो । त्यो अवधारणाले मूर्त रुप नलिएपनि देवकोटा लगायतको सक्रियतामा अहिले १२ कोठे नयाँ भवन निर्माण शुरु भएको छ ।
देवकोटानै संस्थापक अध्यक्ष रहेको गोरखा फाउण्डेशनले भवन निर्माण शुरु गरेको हो ।
देवकोटाको सम्झनामा विद्यालयमा स्मृति उद्यान निर्माण गर्ने सोच बनाएको पनि व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।