काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
तेह्रथुम – यूएईमा जेल परेका तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले ४ लाख रुपैयाँ सहयोग गरेको छ । मन्चले मलेसियामा संकलन गरेकोे ४ लाख ६० रुपैयाँ रकम जोगीको परिवारलाई हस्तान्तरण गरेको हो ।
मन्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । मञ्चले अभियानमार्फत संकलन गरेको रकम मञ्चको अनुरोध बमोजिम परिवारलाई उपलब्ध गराइएको वडाध्यक्ष मादेम्बाले बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बालगायतले बोल्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीहरुको स–सानो रकम जम्मा गरी सहयोगका लागि पठाएकोप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
यही अवसरमा फेदाप गाउँपालिका–२ का वडाध्यक्ष मादेम्बाको अगुवाइमा संकलन भएको ६४ हजार १ सय रुपैयाँ समेत परिवारलाई हस्तान्तरण गरिएको छ । दुवै गरी कुल ४ लाख ६४ हजार १ सय ६० रुपैयाँ खड्गबहादुर जोगीका आमालाई घरैमा पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष मादेम्बाले बताउनुभयो ।
२०७० सालमा युएई गएका जोगीसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । जोगी अहिले युएईको आबुधावीमा रहेको अलवात्बा जेलमा रहेका पारिवारिक स्रोतले जनाएको छ ।
जोगीलाई नेपाल फर्काउन २ लाख दिर्हाम अर्थात् नेपाली ६२ लाख रुपैयाँ जुटाउन देश विदेशमा अभियान चलेको थियो । अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाउ अभियानका अध्यक्ष दुर्गा गिरीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।