काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
बाग्लुङ – पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो ।
काठमाडौंमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनुभयो ।
कोरियामा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किनुभयो । उहाँले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाल्नुभयो । आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आउनुभएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् । उहाँले १० बाख्रबाट बाख्रापालन थाल्नुभएको हो ।
व्यावसायिक रुपमा बाख्रापालन गर्दैआउनुभएका आचार्यले खोर बनाउँदा र बाख्रा किन्दा झण्डै तीन लाख रुपैयाँ खर्चिनुभएको थियो । ‘नागढुङ्गा बाख्रा फार्म’का सञ्चालक उहाँले कुखुरापालनसँगै तरकारीखेती गर्दै आउनुभएको छ ।
‘बाख्राको मल हालेर तरकारीखेती गरिरहेको छु’, उहाँले भन्नुभयो । ब्रोइलर कुखुराको अण्डा आचार्यले स्थानीय बजारमा बिक्री गरेर पर्याप्त अम्दानी गर्दै आउनुभएको छ । ‘महिनैपिच्छे आम्दानी हुने भएपछि कुखरापालन र तरकारीखेतीसमेत गरिरहेको छु’, उहाँले भन्नुभयो । अहिले आचार्यको खोरमा रहेका बाख्रा र कुखुराले उहाँलाई कोरियाको झल्को मेटाएको छ । महीनामा खर्च कटाएर ३० हजार रुपैयाँ आम्दानी हुन्छ । उहाँको काममा श्रीमती हेमाले सहयोग गर्दै आउनुभएको छ् ।
आचार्यले आधुनिक मिनीटेलर हलोको प्रयोग गरी खेती गर्नुहुन्छ । पाँच मुरी कोदो फल्ने बारीमा केराका बिरुवा हुर्किँदै छन् । ‘झण्डै दुई सय केराको बिरुवा लगाएको छु’, उहाँले भन्नुभयोे, ‘दुई वर्षमा १५ लाख रुपैयाँको केरा बेच्ने योजना छ ।’ लगानी गरेर तत्काल फाइदा खोज्ने प्रवृत्तिका कारण नेपालमा मेहनत गर्नेको संख्यामा कमी आएको उहाँ बताउनुहुन्छ । समयअनुसारको आयमूलक खेती गर्ना आचार्यले सुझाव दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।