नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
यूएई – उज्यालो रेडियो नेटवर्कका कार्यक्रम संयोजक तथा चर्चित रेडियोकर्मी अच्युत घिमिरे ‘बुलबुल’ यूएईमा सम्मानित हुनुभएको छ । रेडियोमा साहित्यिक कार्यक्रममार्फत चर्चा बटुलेका घिमिरेलाई नेपाली साहित्यमा गरेको योगदानको कदरस्वरुप यूएईमा सम्मान गरिएको हो ।
नयाँ वर्ष २०१९ को अवसरमा यूएईमा आयोजना गरिएको शुभकामना साँझ कार्यक्रममा घिमिरेलाई सम्मान गरिएको हो । यूएईमा बसेर साहित्यमा सक्रिय रहेका नेपालीहरुको सिर्जना वाचन डबलीले घिमिरेलाई सम्मान गरेको हो ।
घिमिरेलाई यूएईका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुंयाँलले दोसल्ला ओढाएर तथा ताम्रपत्र प्रदान गरेर सम्मान गर्नुभएको हो । त्यस्तै यूएईमा नेपाली ब्यवसाय गर्दै आउनु भएका डा. दिनेश आचार्यलाई पनि डबलीले सम्मान गरेको थियो । यूएईमा नेपाली समुदाय अन्तर्गत पहिलो दर्ता भएको सस्था ‘हामी नेपाली’का अध्यक्ष डा. आचार्यलाई कार्यवाहक फुयाँलले दोसल्ला ओढाएर तथा ताम्रपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।
३२ महिना पहिलेबाट सञ्चालित सिर्जना वाचन डबलीको १५ औँ शृङ्खला अन्तर्गत गएको शुक्रबार दुबईमा आयोजित कार्यक्रममा सहभागी हुन घिमिरे यूएई आउनु भएको थियो । त्यसै अवसरमा उहाँलाई सम्मान गरिएको कार्यक्रम संयोजक जे सागरले जानकारी दिनुभयो ।
बर दुबईमा रहेको एभरेस्ट क्लबमा आयोजित शुभकामना साँझ कार्यक्रम झण्डै २ सय जना नेपालीको उपस्थिति थियो । गायक राज सिग्देलको गायकी र झन्डै २ दर्जन साहित्य अनुरागी स्रस्टाहरुले आ–आफ्ना साहित्यिक रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा यूएईमा रहेका विभिन्न नेपाली संघसस्थाका प्रतिनिधि, व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली दूतावास आबुधाबीका कार्यवाहक राजदूत फुयाँलसहित श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसालसमेत सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।