काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाडौँ – यही पुष १५ गतेदेखि २ नम्बर प्रदेशको जनकपुर र ५ नम्बर प्रदेशको बुटवलबाट पनि श्रम तथा रोजगारसम्बन्धी कामहरु सुरु गरिने भएकाे छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे ।
यी कार्यालयबाट पुनः श्रम स्वीकृति दिने, वैदेशिक राेजगारसम्बन्धी इजाजत पाएका संस्थाहरु तथा अभिमुखीकरण तालिम दिने संस्थाहरुको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारी सम्बन्धी सूचना जानकारी दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।
विगतमा केन्द्रमा मात्र श्रम स्वीकृति लगायतका काम हुने हुँदा विदेश जान लागेका र पुनः श्रम स्वीकृति लिनेका लागि याे प्रक्रिया कष्टकर बनिरहेकाे थियाे ।
यसबाहेक मन्त्रालयले बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति लगायतका अत्यावश्यक सेवा प्रवाह गर्ने तयारी गरिरहेको छ । यसाे हुन सकेकाे खण्डमा सेवाग्राहीलाई अझ सहज र सुलभ हुने मन्त्रालयकाे अपेक्षा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।