जापानी विदेश मन्त्री नेपाल आउँदै, नेपाली कामदार लैजाने विषयमा पनि छलफल हुने

 पुष १३, २०७५ शुक्रबार १७:३२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जापानका विदेश मन्त्री तारो कोनो पुस २५ र २६ गते नेपाल भ्रमणमा आउनुहुने भएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनो नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानी विदेश मन्त्री कोनोले नेपालमा रहँदा उच्चस्तरीय भेटघाट गर्ने र संयुक्त प्रेस सम्बोधन गर्नुहुनेछ । 

केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमण गर्दा नेपालको विकास निर्माणमा थप सहयोगको आग्रह गर्नुभएको थियो, सहयोगसम्बन्धी विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै जापानले आउँदो वर्षदेखि नेपाली कामदार पनि भित्राउने तयारी गरेकाले त्यस विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  
 

अन्तिम अपडेट: मंसिर २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया