काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं – सरकारले कतारमा पनि शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्ने छलफल अघि बढाएको छ ।
श्रम सम्झौता नवीकरणका विषयमा आफ्ना प्रस्तावसहित नेपाली टोली डिसेम्बर अन्तिम साता कतार जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसीएम) महासभामा सहभागी हुन मोरक्को पुग्नुभएका श्रम मन्त्री गोकर्ण विष्ट र कतारका श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ महम्मदबीच श्रम सम्झौता नवीकरणका विषयमा छलफल भएको हो ।
छलफलमा दुवै देशका प्राविधिक टोली पहल थाल्ने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । यही डिसेम्बर अन्तिम हप्ता अर्थात पुसको दोस्रो हप्ता दुई देशका प्रतिनिधि सहितका प्राविधिक टोलीले कतारमा छलफल गर्नेछन् ।
नेपालले श्रम सम्झौता नवीकरणमा शून्य लागत र कामदारका सुरक्षालाई प्राथमिकता दिने सरकारको तयारी छ ।
कतारले नेपालबाट कामदार लैजान रोजगारी भिजेल खोल्ने प्रस्ताव राखेको थियो । जसअनुसार कतार जान चाहने कामदारले म्यानपावर धाउन नपर्ने, सिधै रोजगारदाताले लैजाने प्रवधान हुने थियो ।
तर श्रम मन्त्री विष्टले श्रम सम्झौता नवीकरणमा यो कुरा समावेश भएपछि मात्रै खोल्न आग्रह गर्नुभएको छ । रोजगारी भिलेजको व्यवस्थाका बारेमा प्राविधिक टोलीसँगको छलफलपछि मात्रै नेपालमा रोजगारी भिलेजको व्यवस्था हुनेछ ।
सन् २००५ मा कतारसँग श्रम सम्झौता भए पनि कामदार मैत्री नभएको भन्दै नेपालले कतारसँगको श्रम सम्झौता नवीकरण गर्न चाहिरहेको छ । आउँदो मार्चदेखि कतारसँगको श्रम सम्झौता सकिंदैछ । श्रम सम्झौता नवीकरणका लागि मन्त्रालयले मस्यौंदा समेत तयार पारिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।