नयाँ बजेट निर्माणको तयारी तीव्र

 फागुन १५, २०८१ बिहीबार १८:१३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी तीव्र पारेको छ । राष्ट्रिय योजना आयोगले दिएको झन्डै १९ खर्ब रुपैयाँ हराहारीको 'सिलिङ' सीमामा रहेर बजेट निर्माणको तयारीलाई तीव्र पारेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।

सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमा मध्यावधि समीक्षामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले झन्डै २ खर्ब रुपैयाँले घटाउनुभएको छ ।

पछिल्लो समयमा वैदेशिक सहायतामा उल्लेख्य कटौती र राजश्व सङ्कलनसमेत प्रभावकारी नभइरहेकोले स्रोतको चाप रहेको प्रवक्ता भण्डारीले बताउनुभयो । यसपालि नै सरकारले बजेटमा ठूलो घाटा बेहोरिरहेको छ । चालू आर्थिक वर्षमा अस्ति मङ्गलवारसम्म ७ खर्ब ९० अर्ब खर्च गर्दा १ खर्ब २२ अर्ब रुपैयाँ घाटामा छ । यसरी सरकारी खर्च र आम्दानीको अन्तर ठूलो मात्रमा बढ्दै जाँदा सरकारलाई आउँदो वर्षको बजेट बनाउन समस्या भइरहेको हो ।

गएको वर्ष मनसुनजन्य विपद्बाट ठूलो क्षति भएकाे थियो । त्यसको पुनर्निर्माण र सम्भावित भटनालाई लिएर यसपालि पनि ठूलो बजेट छुट्याउनुपर्छ । अनिवार्य दायित्वअन्तगर्त पेन्सन, वृद्ध भत्ताजस्ता सामाजिक सुरक्षाका कार्यक्रम, वैदेशिक ऋणको दायित्वमा धेरै भएकोले बजेटमा अत्यधिक चाप पर्न थालेको छ । बजेटमा सामाजिक सुरक्षाको दायित्व मात्रै २० प्रतिशत पुगिसकेको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया