महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे
फागुन १५, २०८१ बिहिबार
प्यालेस्टिनी विद्रोही समूह हमासले चार इजरायली बन्धकको शव रेडक्रसमार्फत इजरायललाई बुझाएको छ । रेडक्रसले इजिप्टका मध्यस्थकर्ताहरूमार्फत इजरायली रक्षा बल आईडीएफलाई शव बुझाएको हो ।
बन्धकहरूको अवशेष रहेको भनिएको चारवटा बाकसहरु प्राप्त गरेको ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले पुष्टि गरेको सीएनएनले जनाएको छ । अहिले शवहरू पहिचान गर्ने प्रक्रिया शुरू भएको खबरमा उल्लेख छ ।
हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि भइनसकेकाले बन्धकका परिवारहरूसँग निरन्तर सम्पर्कमा रहेको र शव पूर्ण पहिचान गरेर आधिकारिक सूचना दिने तयारी छ ।
यसैबीच इजरायलले सयौं प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न शुरू गरिसकेको छ । इजरायलले वेस्ट बैंकको जेलबाट ६ सयभन्दा धेरै प्यालेस्टाइनी कैदीलाई रिहा गर्न थालेसँगै हमासले शव हस्तान्तरण गरेको हो ।
यसलाई युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणको अन्तिम आदान–प्रदान भनिएको छ । युद्धविराम सम्झौताको पहिलो चरण पर्सि शनिवार सकिँदैछ ।
यसअघि इजरायलले बन्धक हस्तान्तरण अपमानजनक भन्दै विरोध गरेर कैदी रिहाइमा ढिलाइ गरिरहेको थियो । हिजो फेरि हमाससँग विना कुनै समारोह शव हस्तान्तरण गर्ने सहमति भएसँगै कैदी बन्दी रिहाइको बाटो खुलेको इजरायली अधिकारीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।