श्रीलङ्काका राजदूतमा सिफारिश हुनुभएका नेपालीको सुनुवाइ प्रक्रिया शरू, १० दिनभित्र उजुरी दिन आह्वान

 मंसिर २८, २०८१ शुक्रबार १२:०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्घीय संसद सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिश हुनु भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया शुरू गरेको छ ।

संसदीय सुनुवाइ समितिले सूचना निकालेर उहाँविरूद्ध उजुरी आह्वान गरेको हो । समितिले राजदूत नियुक्तिका लागि सिफारिश भएका नेपालीलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित उजुरी दिन आह्वान गरेको छ ।

उजुरी दिनका लागि समितिले १० दिनको समय तोकेको छ । समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया