काठमाण्डौमा आज यस वर्षकै कम तापक्रम मापन

 मंसिर २८, २०८१ शुक्रबार ७:६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो बैशाख पछिको कम तापक्रम हो । हिजो र अस्ति काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस थियो ।

यसैबीच आज दिउँसो देशभरको मौसम सामान्यतया मौसम सफा रहने मौसमबिद्को अनुमान छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही ठाउँमा केहीबेर सामान्य बदली रहे पनि सबैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौ उपत्यका र तराइका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । यसैबीच आज चिसो झनै बढेको छ ।
 

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया