काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार झन्डै १० अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य ६ विन्दुमा झरेको छ ।
आज विकास बैंक, होटल र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशत र नेपाल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज तीन सय १४ वटा कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर आठ अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एक्सेल विकास बैंकको ३४ करोड रुपैयाँको शेयर किनबेच भयो ।
*यसअघि अङ्क हुनुपर्नेमा प्रतिशत भएकाले सच्याइएकाे छ । सम्पादक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।