मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड ५ दिनपछि एकतर्फी खुल्यो

 असोज १७, २०८१ बिहीबार १८:१९:३१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्काेट–घुर्मी खण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ ।

अविरल वर्षासँगैको बाढी पहिरोले राजमार्गका विभिन्न ठाउँमा पहिरोले अवरुद्ध हुँदा खुर्कोट–घुर्मी खण्ड पाँच दिनदेखि ठप्प थियो । आज दिउँसोदेखि सडक एकतर्फी सञ्चालनमा आएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । खुर्काेट–घुर्मी खण्ड ६१ किलोमिटर लामो दूरीको छ ।

राजमार्ग सञ्चालनमा आए पनि जाेखिम भने कायमै छ । यस क्षेत्रमा वर्षाले जमिन कमलो बनाएकाले सुक्खा पहिरोको जोखिम कायम रहने भन्दै रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया