२५ वर्षको अवधिमा नेपालमा मातृ मृत्युदरमा उल्लेख सुधार

 असोज १०, २०८१ बिहीबार १८:७:३१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा मातृ मृत्युदरमा उल्लेख सुधार आएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारका रूपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताउनुभयो ।

नेपालमा प्रति एक लाख जीवित जन्ममा सन् १९९६ मा पाँच सय ३९ मातृ मृत्युदर रहेकोमा सन् २०२१ मा एक सय ५१ मा झारेर उल्लेख्य सुधार गर्न सफल भएको उहाँले बताउनुभयो । सन् २०३० सम्म मातृ मृत्युदर प्रति एक लाख ७० जनामा झार्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।

महाशाखाका निर्देशक डा. लालले असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्यमा हुने प्रजनन रुग्णताको न्यूनीकरण गर्न पनि सफल भएको बताउनुभयो । उहाँका अनुसार गएको आर्थिक वर्षमा एक लाख पाँच हजार जना महिलाले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

आज दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया