यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित
मंसिर १६, २०८१ आइतबार
विश्वभर धार्मिक स्वतन्त्रताको अवस्थालाई लिएर अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विश्वभरका मानिसहरू यसको संरक्षणका लागि कडा मेहनत गरिरहेका बताउनुभएको बीबीसीले जनाएको छ । यो प्रतिवेदनमा विश्वका झन्डै दुई सय वटा देशको धार्मिक अवस्थाको मूल्याङ्कन गरिएको र अहिले करोडौँ मानिसले धार्मिक स्वतन्त्राको सम्मान नगर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार भारतमा धार्मिक अल्पसङ्ख्यक समुदायका घर तथा पूजास्थलहरू भत्काउने घटना बढेको छ । यस्तै प्रतिवेदनले भारतको धर्म परिवर्तन विरोधी कानुनको बारेमा पनि चिन्ता व्यक्त गरेको खबरमा उल्लेख छ ।
यसअघि प्रकाशित प्रतिवेदनमा पनि यस्तै कुरा भनिएको थियो । यद्यपि भारतले यसअघि नै यस्ता समाचारलाई अस्वीकार गर्दै आएको छ । यसअघिको विज्ञप्तिमा भारतको विदेश मन्त्रालयले यो प्रतिवेदन प्रकाशित गर्ने आयोगलाई पक्षपाती भएको बताएको थियो ।
प्रतिवेदनका अनुसार सन् २०२३ मा भारतमा धार्मिक स्वतन्त्रताको अवस्था खराब रहेको थियो । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले विभेदकारी राष्ट्रवादी नीतिलाई बढावा दिँदा समाजमा घृणा बढेको उल्लेख छ ।
प्रतिवेदनका अनुसार भारतमा यूएपीए, एफसीआरए, सीएए, धर्म परिवर्तन र गौहत्या विरोधी कानुनका कारण धार्मिक अल्पसङ्ख्यक र उनीहरूका वकिलहरूलाई निशाना बनाइएको छ ।
यस्तै प्रतिवेदनमा सन् २०२३ को जुन महिनामा मणिपुर राज्यमा भएको हिंसा, सरकारले कश्मिरी पत्रकार, धार्मिक नेता र मानव अधिकार पक्षधरहरूलाई हिरासतमा राखेको कुरा पनि उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।