यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित
मंसिर १६, २०८१ आइतबार
हज यात्राका लागि साउदी अरबमा गएका सयौँ नागरिकको ज्यान गएपछि इजिप्ट सरकारले गैरकानुनी ट्राभल एजेन्सी बन्द गरेको छ । पर्याप्त तयारीविना हजयात्री पठाउँदा अकालमा कैयौँको ज्यान गएको भन्दै इजिप्ट सरकारले १६ वटा ट्राभल एजेन्सीमाथि प्रतिबन्ध लगाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
हिजो एउटा आपत्कालीन बैठक बोलाएर इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुलीले प्रक्रिया नपुर्याई र पूर्वतयारीविना यात्रीलाई साउदी अरब पठाउने ट्राभल कम्पनीमाथि प्रतिबन्ध लगाउन र कम्पनीका सञ्चालकलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको थियो । कतिपय ट्राभल एजेन्सीले गैरकानुनी बाटोबाट पनि हजयात्रीलाई साउदी पुर्याएको अनुमान छ ।
५० हजार जना इजिप्टका नागरिक साउदी अरब गएकोमा दीर्घरोग लागेका ३१ जनाको ज्यान गएको छ । यस्तै साउदीको चर्को गर्मीका कारण छ सय जनाभन्दा धेरै इजिप्टका नागरिकको ज्यान गएको छ ।
इजिप्टका विदेशमन्त्री समेह शुक्रीले ज्यान गुमाउनेमध्ये धेरैजसो दर्ता नभएका तीर्थयात्री रहेका र यसमा ट्राभल कम्पनी नै मुख्य दोषी रहेको बताउनुभएको छ । उहाँले हराइरहेका इजिप्टका तीर्थयात्रीलाई जतिसक्दो चाँडो खोज्न र इजिप्टका सबै तीर्थयात्रीलाई घर फर्कने सुनिश्चित गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।