नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्ताव बङ्ग्लादेशको सीसीजीपीबाट स्वीकृत

 जेठ ३०, २०८१ बुधबार १८:८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बङ्ग्लादेशकाे सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी) ले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

बङ्ग्लादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा हिजो बसेको १५ औँ बैठकले नेपालबाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत गरेको बङ्ग्लादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

अब बङ्ग्लादेश पावर डेभलपमेन्ट बोर्डले भारतको विद्युत् व्यापार निगम र नेपाल विद्युत् प्राधिकरणसँग त्रिपक्षीय सम्झौता गरेर नेपालबाट बिजुली लैजाने बाटो खुलेको छ । बङ्ग्लादेशले प्रति युनिट ८ दशमलव १७ बङ्ग्लादेशी टाका अर्थात् नाै रुपैयाँ ३० पैसामा बिजुली आयात गर्ने बङ्ग्लादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालले ढल्केबर–मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइनबाट बङ्ग्लादेशलाई बिजुली निर्यात गर्नेछ । बङ्ग्लादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइसकेको छैन ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया