नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका छन् । यी तीन वटै देशले यही मे २८ तारिखदेखि लागू हुने गरी प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका बीबीसीले जनाएको छ ।
स्पेनले यो निर्णय इजरायलकोविरुद्धमा नभएको र हमासको पक्षमा नभएको उल्लेख गर्दै यो निर्णय शान्तिको पक्षमा भएको बताएको छ ।
प्यालेस्टाइन लिबरेशन अर्गनाईजेसन (पीएलओ) र इस्लामिक समूह हमासले युरोपेली राष्ट्रहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा दिएको मान्यताप्रति आभार प्रकट गर्दै निर्णयको स्वागत गरेका छन् ।
हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजामा कारबाही केन्द्रित गर्दा यस क्षेत्रमा अझै युद्ध चलिरहेको छ । आयरल्यान्ड, नर्वे र स्पेनले गाजा युद्धको सात महिनापछि प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरेका हुन् ।
हमासले यसलाई आफ्नो भूमिमा आफ्नो अधिकार पुष्टि गर्ने दिशामा एक महत्त्वपूर्ण कदम ठानेको छ । साथै हमासले विश्वभरका देशलाई आफ्नो वैध राष्ट्रिय अधिकारलाई मान्यता दिन विज्ञप्तिमार्फत आह्वान गरेको छ ।
अमेरिकालगायत धेरैजसो पश्चिमा सरकार प्यालेस्टिनी राज्यलाई मान्यता दिन इच्छुक छन् तर यसका लागि प्यालेस्टाइनको अन्तिम सीमा र जेरुसेलमको स्थितिजस्ता जटिल मुद्दामा सहमति हुनु आवश्यक हुने उनीहरूको धारणा रहेको छ ।
यसैबीच प्यालेस्टाइनलाई देशको मान्यता दिने यो कदमको इजरायलले भने कडा विरोध गरेको छ । इजरायलले इजरायल, नर्वे र स्पेनका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।