पालिका उपचुनाव : ६२ प्रतिशतभन्दा धेरै मत खस्याे
मंसिर १६, २०८१ आइतबार
इजरायलले गाजाको रफाह शहरका थप दशौं हजार मानिसलाई अन्यत्र जान भनेको छ । यसअघि एक लाख जनाभन्दा धेरै मानिसलाई शहरबाट निकालेर आक्रमण शुरु गरेको इजरायलले पूर्वी रफाहका थप दशौं हजार मानिसलाई अन्यत्र जान भनेको बीबीसीले जनाएको छ ।
इजरायलले सामाजिक सञ्जाल र बेलुन उडाएर सहर छाड्ने चेतावनी दिएपछि मानिस घर छाडेर हिँडिरहेका छन् । इजरायलले रफाहका बासिन्दालाई तटीय क्षेत्र अल मावासीमा जान भनेको छ । रफाह शहरमा आक्रमण नगर्न अमेरिकाले दिएको चेतावनीका बीच इजरायलले आक्रमण थप बढाएको छ ।
आफूले दिएको हतियार रफाह शहरमा दुरुपयोग भएको भन्दै अमेरिकाले हतियार आपूर्ति रोकेको भए पनि इजरायलले एक्लै युद्ध लड्ने भन्दै आक्रमणलाई थप तीब्र बनाएको बीबीसीले जनाएको छ । रफाहमा हुने आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधरणको ज्यान जान सक्ने अमेरिकासहित इजरायलका सहयोगी देशको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।