पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – ताहाचलमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय जाँदा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात साथमा लानु पर्ने भएको छ ।
विभागभित्र अनधिकृत व्यक्तिहरू प्रवेश गरी भिडभाड गर्दा सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले अब परिचय पत्र अनिवार्य गरेको जनाएको छ ।
सेवा प्रवाहमा सहजीकरण तथा अन्य कामको सिलसिलामा विभागको प्रशासनिक भवनभित्र प्रवेश गर्दा म्यानपावरका सञ्चालक वा प्रतिनिधिले अनिवार्य रूपमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जारी गरेको परिचयपत्र लगाउन पर्ने छ ।
यस्तै अरू व्यक्तिहरूले भने आफ्नो परिचय खुल्ने कागजात देखाउन पर्ने विभागले सूचना जारी गरेको छ ।
काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय गएको असारदेखि ताहाचलमा सरेको छ ।
पछिल्लो समय विभागको भवनमा अनावश्यक व्यक्तिहरू प्रवेश गरी सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले यस्तो नियम लगाएको जनाएको छ ।