६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
मकवानपुर – मलेसियामा विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो मै हराउनुभएका मकवानपुरका सोमर सिंह घलानको नौ महिना बित्दा पनि कुनै खबर नआएपछि परिवार आत्तिएको छ । सोमर सिंह सन् २०२२ को ११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराउनुभएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । कम्पनीले उहाँलाई विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको थियो । क्वालालम्पुरबाट कम्पनीतर्फ जाँदा मलेसियाकै कम्पुङ बेम्वानमा खान खान बस रोकेको दूतावासले जनाएको छ । त्यसपछि बस सिधै कम्पनीको होस्टेलमा पुगेको थियो । तर कम्पनीको होस्टेलमा पुग्दा सोमर हुनुहुन्थ्येंन । त्यसयता परिवारले कुनै खबर पाएको छैन । सोमरको खोजीमा परिवार भतारिइरहेको छ । उहाँकी श्रीमती कान्छी मायाको भनाई उहाँकै शब्दमा ।
मेरो नाम कान्छी माया गोले हो । मेरो श्रीमानको नाम सोमर सीहं घलान हो । अहिले ३९ वर्षको हुनुभयो । कहिलेकाहीँ त नसोचेकै हुने रहेछ । जुन कुरा अहिले म भोगिरहेको छु त्यो मैले सपना पनि नदेखेको र नसोचेको कुरा हो ।
मेरो श्रीमान् सोमर सीहं घलान मलेसिया जानुभएको थियो । विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो बाटै हराउनुभएको खबर आयो । त्यो खबर आएको पनि ९ महिना भयो आजका दिनसम्म कुनै पत्तो लागेको छैन । सोच्दा त मनमा आगो बल्छ । कहाँ जाऊँ के गरौँ हुन्छ । तर परदेशी भूमिमा हराएको मान्छेलाई खोज्न म कहाँ जाऊ जाने ठाउँ नै भेटेको छैन ।
हाम्रो घर मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा ९ भैरव दोभान हो । बालबच्चा ७ जना छन् । यिनै छोराछोरीको शिक्षा कै लागि भनेर मेरो श्रीमान् विदेश जानुभएको हो । हुन त यसअघि पनि मलेसिया र यूएई जानुभएको थियो । त्यो बेला राम्रो नै थियो । तर यसपालि खै के भयो ।
जाँदा जाँदै कम्पनी नै नपुग्दै बीचबाटै हराउनुभयो । २०७९ कात्तिकमा यहाँबाट मलेसिया जानुभएको हो । एक्सेस पाटनर्स प्रालि नाम गरेको म्यानपावरले यहाँबाट मेरो श्रीमान् सोमर सिंहलाई वैदेशिक रोजगारीमा पठाएको हो । यहाँबाट मलेसिया पनि पुग्नुभयो । तर विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो बाटै हराएको भनेर त्यहाँ रहेको नेपाली दूतावासले समेत सूचना जारी ग¥यो ।
सँगै गएको साथीहरूलाई सोध्दा हामी सबै जना कम्पनीको गाडी सँगै चढेको बताउँछन् । तर गाडीमा आफू निदाएको र बिउँझिदा मेरो श्रीमान् चाहिँ गाडीमा नभएको साथी दानबहादुर वाइबाले बताउनुभयो ।
विमानस्थलबाट जोहोरबारुतर्फ जाँदै गर्दा कम्पुङ बेम्वान भन्ने ठाउँमा खाना खान बस रोकेको र त्यसपछि बस सिधै कम्पनीको होस्टेलमा पुगेको थियो । तर कम्पनीको होस्टेलमा पुग्दा मेरो श्रीमान् बसमा नभएको दूतावासले भनेको छ ।
जाने बेलामा घर सल्लाहमा नै जानुभएको हो । उहाँसँग कुनै नराम्रो वा झगडा भएको पनि थिएन । तर एक्कासी बाटोबाटै हराउनुभयो । सम्झँदा त सपना जस्तो लाग्छ । यतिका समय बित्दा पनि कुनै खबर आएको छैन ।
तपाईँलाई साँच्चै कुनै समस्या पो परेको छ कि या कतै काम नै गरिरहनुभएको छ ? जे भए पनि एक पटक म यस्तो ठाउँमा छु भनेर फोन गर्नुहोस् । हामीलाई फोन गर्न मन लागेन भने पनि जसरी भए पनि यो ठाउँमा छु भन्ने आफ्नो खबर चाहिँ दिनुहोस् ।
यति भए पनि हामी यहाँ शान्तिको सास फेर्ने छौँ । कम्पनी नै नपुगी बाटै बाट हराएको भन्दा त मन नै मान्दैन । मनमा अनेक कुरा खेल्छ । केही भयो कि भनेर मन आत्तिन्छ । हरेक पटक फोन बज्दा तपाईँकै फोन हो कि जस्तो लाग्छ । यदि तपाईँले नै मेरो पुकार सुन्नुभयो भने जसरी पनि खबर गरिदिनुहोस् । यदि अरू कोही कसैले देख्नुभयो भने पनि हामीलाई जानकारी दिनुहोस् । म उहाँको सुखद खबरको प्रतीक्षामा छु ।
प्रस्तुति : पार्वती बिक
(पार्वती आप्रवासी स्रोत केन्द्र मकवानपुरमा परामर्शकर्ता हुनुहुन्छ ।)
janak budha
June 21, 2023, 2:08 p.m.नेपाल सर्कार ले खोज्न केही कदम उथाउनु पर्यो किन कसरी अस्तो वाको हो खाली भर्ता पत्काउनु भयन जनता को नि हेर बिचार गर्नु पर्यू