पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा धुलाबारी घर भइ अहिले काठमाण्डौको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय हेमसागर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले समीर तामाङ नाम गरेका एक व्यक्तिलाई कतारको प्रतिष्ठित कम्पनीमा महिनाको लाखौँ कमाइ हुने काम लगाइदिने भन्दै पीडितबाट एक लाख ७२ हजार रुपैयाँ लिएर फरार रहेका थिए ।
पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा भण्डारीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
थप अनुसन्धान तथा कारबाहीको लागि भण्डारीलाई वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।