काठमाण्डाैले लुम्बिनीलाई १ सय ४ रनकाे लक्ष्य दियाे
मंसिर २६, २०८१ बुधबार
मैले मलेसियामा व्यापार गर्न थालेको १५ वर्ष भयो । यो भन्दा अगाडि रक्सी नै खाएर नेपालीको ज्यान गएको सुनेको थिइन ।
किङफिसर बियर अहिले मलेसियाको बजारमा छैन । मलेसियासँग मतभेद भएर हुनसक्छ, यहाँ भारतीय उत्पादन किङफिसर बियर बन्द भएको छ । ग्राण्ड रोयल ह्विस्की ब्राण्डेड र महँगो रक्सी हो । त्यसैले यहाँ ग्राण्डको नक्कली रक्सी उत्पादन हुन्छ ।
ज्यान गुमाएका र बिरामी नेपाली सहितका विदेशी कामदारले खाएको रक्सी नक्कली नै हुनुपर्छ । ग्राण्ड रोयलको नक्कली बजारमा छ्याप्छ्याप्ती पाइन्छ । मण्डले ह्विस्की चाहिँ म्यान्मारमा उत्पादन हुन्छ ।
नेपालीले त्यो रक्सी खान मन पराउँदैनन् । क्वाललाम्पुर तिर हामी त्यो रक्सी बेच्दैनौं । स्वास्थ्यका लागि धेरै हानिकारक भएको मैले सुनेको हुँ । ह्विस्की र बियर उनीहरुले स्थानीय बजारबाट किनेका रहेछन् । अहिले जुन ठाउँमा घटना भयो, अरु रक्सी नपाएर नै मण्डले ह्विस्की किनेर खाएको हुनुपर्छ ।
यस्ता कुराबाट जोगिन सस्तो रक्सी खोजी खोजी खाने बानी हटाउनु पर्छ । ब्रान्डको नाम लेख्दैमा सबै सक्कली हुँदैन । रक्सी खानु अघि सक्कली हो भन्नेमा ढुक्क हुनपर्छ ।
मलेसिया बाहिरबाट ल्याइएका ब्रान्डेड रक्सी र नक्कली रक्सी धेरै ग्राहकले छुट्याउन सक्दैनन् । पहिलो, मूल्य अन्तर र दोश्रो मलेसिया सरकारकाे भन्सार विभागले लगाएको स्टिकरबाट नक्कली र सक्कली रक्सी छुट्याउन सकिन्छ ।
(क्वाललम्पुरको कोतरायमा रहेको परदेश र दि गोर्खाज रेष्टुँराका सञ्चालक केरुङसँग रीतु थेबेले गरेको कुराकानीमा आधारित । )
मलेसियामा विषाक्त रक्सीको असर : सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह