नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – मलेसियाबाट ११७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत उनीहरु केहीबेरअघि काठमाण्डौ आइपुगेका हुन् ।
फर्कनेमा १२ जना महिला र १०५ जना पुरुष गरी ११७ जना रहेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुनेछन् । जुन २० अर्थात पर्सि शनिबार नेपाल एअरलाइन्सले, जुन २१ गते आइतबार हिमालय एअरलाइन्सले, जुन २५ मा पनि हिमालय एअरलाइन्सले नै र जुन २६ र २७ मा नेपाल एअरलाइन्सले उडान भर्नेछ ।
यो उडानको भाडादर ४५ हजार १ सय रुपैयाँ तोकिएको छ । फर्कने नेपाली स्वयंले नै यातायात खर्च व्यर्होनुपर्ने नियम छ ।
यस्तै मलेसियामा रहेको नेपाली दूतावासले भिसा वा करार सकिएर स्वदेश फर्कने नेपालीसँग मलेसियाको अध्यागमनले चेकआउट मेमो खोजेकाले टिकट काट्नुअघि चेकआउट मेमो लिन सक्ने, नसक्ने भनेर यकिन गर्न अनुरोध गरेको छ । चेकआउट मेमो लिएको तर कोरोनाको कारण म्याद सकिएको भए पनि स्वदेश फर्कन पाइने दूतावासले उल्लेख गरेको छ ।
भिसाको म्याद भएका तर बिदामा नेपाल फर्कनेले रोजगारदाताबाट बिदाको पत्र अनिवार्य साथमा राख्नु पर्नेछ ।
कोरोना जाँचको नेगेटिभ आएको रिपोर्ट पनि साथमा हुनुपर्नेछ ।
आजै कुवेतबाट १५० जना स्वदेश फर्किएका छन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । यसअघि चारवडा उडानमार्फत पाँच सय ९८ जना स्वदेश फर्किसकेका छन् ।
त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । यस्तै ओमानबाट पनि आजै सलाम एअरमार्फत र ओमानबाट १४७ जना स्वदेश फर्किएका छन् । ओमानबाट असार १ गते १६६ जना स्वदेश फर्किएका थिए ।