सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
अहिले म वैदेशिक रोजगारीको क्रममा कतारको एउटा ल्याब कम्पनीमा कार्यरत छु । कम्पनीमा म एनजी मेसिन अपरेटरको रुपमा काम गर्छु । यस कम्पनीले कतारमा तेस्रो पार्टीको काम गर्छ । कामको सिलसिलामा साइटतिर पनि जानुपर्ने हुन्छ ।
लकडाउनको बेला पनि कम्पनीले काम बन्द गरेको छैन । ल्याबमा काम चलिरहेको छ । तर आफ्नो स्वास्थ्यको ख्याल गरेर काममा नजानेहरुलाई कम्पनीले तलब पनि दिएको छैन ।
तर ऋणको रुपमा २५० कतारी रियाल भने दिएको छ । अझै ९ जनालाई त कामबाट निकालिसकेको छ । अहिले लकडाउन खुलेको अवस्था छ, तर हामी कत्ति पनि सुरक्षित छैनौं । कम्पनीले अहिले आफूसँग काम नभएको र कम्पनी घाटामा गएको भन्दै एक हप्ताको तलब काटेर दिने भनेको छ । तर हामीले काम गरेको (हाजिर गरेको) सबै दिनको तलब पाउनुपर्छ भनेर आवाज उठाएका छौं । तर कम्पनीले मानिरहेको छैन ।
कम्पनीमा कोरोनाको त्रास पनि त्यत्तिकै धेरै छ । हिजो मात्र कम्पनीका दुईजना बंगाली कामदारलाई कोरोना लागेको पुष्टि भएको छ । अहिले उनीहरुलाई क्वरेन्टिनमा राखिसकेको छ । यति हुँदा पनि हाम्रो कम्पनी काम गर्ने श्रमिकको सुरक्षामा कुनै सचेत भएको जस्तो देखिंदैन ।
काम बन्द हुँदैन, मास्क र ग्लोव लगाउ मात्रै भन्छ । यदि मास्क र ग्लोव लगाएर मात्रै सुरक्षित हुने भए त कसैलाई पनि कोरोना देखिने थिएन होला । मास्क र ग्लोव त सबैले नै लगाइरहेका छन् ।
धेरैले एउटै भान्सा र शौचालय प्रयोग गर्छन्, अनि हामी कोरोनाबाट कसरी बच्न सक्छौं र रु तर कम्पनीले यो कुरा बुझिरहेको छैन ।
कम्पनीले जुन महिनादेखि काम पनि बन्द गर्छ होला । काम नभएपछि पैसा दिने त कुरै भएन । खाना बस्न पनि दिन्छ कि दिन्न थाहा छैन । यदि त्यसो भयो भने हामीले कहाँ बस्ने, के खाने भन्ने चिन्ता अहिले देखि नै हुन थालिसक्यो ।
यस्तो अवस्थामा नेपाल सरकारले हामीहरुलाई स्वदेश फर्काएन भने यहाँ हामीहरु निकै अप्ठ्यारोमा पर्नेछौं । हाम्रो अवस्थाको बारेमा सरकारले कहिले बुझ्ने हो ?
कि हामी साँच्चै नेपाल फर्किन नपाउने नै हो र रु हामीले पनि देश विकासमा ठूलो योगदान दिएका छौं । देशको अर्थतन्त्र नै धान्ने गरी रेमिट्यान्स पठाएका छौं । यस विषयमा सरकार गम्भीर किन हुँदैन ?