काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - कोरोना भाइरसको कारण विदेशमा रोजगारी गुमाउने नेपालीलाई विदेशमै या स्वदेशमै रोजगारीको विकल्पबारे छलफल भएको छ ।
बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा बसेको बैठकमा गन्तव्य देशमै वैकल्पिक क्षेत्रमा सिर्जना हुन सक्ने रोजगारीमा नेपालीलाई प्राथमिकता दिन समन्वय गर्ने र विदेशबाट फर्कने सक्ने नेपालीमा रहको योग्यता, क्षमता, अनुभव एवं सीपको विवरण संकलन गरी त्यसै अनुसारको रोजगारीमा लगाउनेबारे छलफल भएको हो ।
कोभिड १९ का कारणले नेपालको श्रम बजारमा परेको असर, यसको अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन प्रभावहरु र यसले आगामी दिनमा आन्तरिक रोजगारी, वैदेशिक रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रहरुमा पार्ने प्रभाव तथा अवलम्वन गर्नुपर्ने नीति तथा कार्यक्रमका सम्वन्धमा विज्ञहरुसँग छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल तथा पूर्व उपाध्यक्षहरु डा. शंकर शर्मा र डा. स्वर्णिम वाग्ले सहितको सहभागिता रहेको थियो ।
श्रम तथा रोजगार क्षेत्रमा देखा परेका चुनौती सम्बोधन गर्न विज्ञहरुले उत्पादनशील लगानी, उत्पादकत्व वृद्धि, श्रमिकलाई रोजगारी वा राहत, ठूला, मध्यम र साना रोजगारदातालाई उद्यम व्यवसाय संचालनको निरन्तरतामा लिइनुपर्ने रणनीति तथा दिइनुपर्ने प्रोत्साहन लगायतका विषयमा सुझाव दिएका छन् ।
साथै वैदेशिक रोजगारीमा रहेका नेपाली रहेको गन्तव्य देशको आर्थिक अवस्था पुनर्उत्थान हुन सक्ने संभाव्यताको मिहीन अध्ययन र विश्लेषण गर्दै आन्तरिक रोजगारीमा घटोत्तरी हुने परिप्रेक्ष्यमा मुख्य गन्तव्य मुलुकमै बैकल्पिक क्षेत्रमा सिर्जना हुन सक्ने रोजगारीमा नेपालीलाई प्राथमिकता दिन समन्वय, विदेशबाट फर्कने सक्ने नेपालीमा रहको योग्यता, क्षमता, अनुभव एवं सीपको विवरण संकलन गरी त्यसै अनुसारको रोजगारीमा आवद्धतामा समन्वय, सामाजिक संरक्षणको लक्ष्यबाट संचालित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अन्तरक्षेत्रगत क्रियाकलापमा समन्वय गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
साथै अनुसन्धानमूलक नीति पद्धतिलाई थप सुदृढ गर्दै आगामी दिनमा रोजगारीमा पर्ने चाप व्यवस्थापन गर्नका लागि सीप विकासलाई प्राथमिकता दिनेबारे पनि छलफल भएको छ ।