भारत, चीनलगायत ब्रिक्स राष्ट्रलाई ट्रम्पकाे चेतावनी– ‘डलरको विक...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – कुवेतमा थप १३ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबारसम्ममा कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ६४ पुगेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । मंगलबारसम्ममा ५१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको राजदूत भण्डारीले बताउनुभयो ।
कुवेतमा अहिलेसम्म ४ हजार २४ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १५ सय ३९ जना निको भएका छन् भने २४ सय ५९ जनाको अस्पतालमा उपचार भइरहेको छ । कुवेतमा अहिलेसम्म २६ जनाको कोरोनाका कारण ज्यान गएको छ ।