पालिका उपचुनाव : केही ठाउँमा आजै मतगणनाको तयारी, पर्सि बिह...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौं – बहराइनमा थप ७७ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । मंगलबारसम्ममा जम्मा १२६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उज्यालोलाई जानकारी दिनुभयो ।
यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उहाँले बताउनुभयो ।
कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै क्वारेण्टीन बनाउने गरेको र त्यहाँसम्म दूतावासलाई पनि बहराइनले पहुँच दिएकाे छैन ।
दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।
खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा अहिलेसम्म १८९ जना नेपाली नागरिकमा काेराेना सङ्क्रमण देखिएकाे छ । जसमध्ये १८० जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निकाे भएर काममा फिरेका छन् भने यूएईमा काेराेनाका कारण दुई जनाकाे ज्यान गएकाे छ ।
अहिलेसम्म बहराइनमा १२६, यूएईमा १२, साउदीमा ४, कुवेतमा २९, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा १८९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे हाे । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
लाफा शेर्पा हिमालि
April 29, 2020, 4:23 p.m.Hait
Dipak Sapkota
April 28, 2020, 9:24 p.m.नेपालीलाई केहि हुन्न जहाँ भएनि /