पालिका उपचुनाव : ६२ प्रतिशतभन्दा धेरै मत खस्याे
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – साउदीले स्वास्थ्य सम्बन्धी समस्या भएको जानकारी स्वास्थ्य अधिकारीलाई जानकारी नगराउने रोजगारदातालाई कडा कारबाही गर्ने भएको छ ।
साउदीको नगर तथा ग्रामीण मामिला सम्बन्धी मन्त्रालयले श्रमिकको आवास क्षेत्रका लागि नयाँ नियम ल्याउँदै रोजगारदाता वा आवास सुपरभाइजरले आवासमा रहेका श्रमिकमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएमा अनिवार्य रुपमा स्वास्थ्य अधिकारीलाई जानकारी गराउनुपर्ने नियम ल्याएको हो ।
साथै आवास क्षेत्रमा खाना खाने क्षेत्रको अनिवार्य सरसफाई गर्नुपर्नेछ । आवास क्षेत्रमा यो नियम पालना नगरेमा पाँच हजारदेखि १० हजारसम्म साउदी रियाल जरिबाना हुनेछ ।
त्यसैले स्वास्थ्य सम्बन्धी समस्या भएमा आफ्नो सुपरभाइजरलाई अनिवार्य रुपमा जानकारी गराउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । जानकारी गराउँदा पनि सुपरभाइजर वा रोजगारदाताले सहयोग र समन्वय नगरेमा, बेवास्ता गरेमा नजिकको प्रहरी कार्यालय, आफ्नो कफिल वा मानव संशाधन मन्त्रालयको सेवाग्राही नम्बर १९९११ वा नेपाली राजदूतावास रियाद वा जेद्दास्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिन्छ ।
साउदीमा पछिल्लो समय खान बस्न समस्या भएको, कम्पनीले असुरक्षित वातावरणमा काम लगाएको र साथै घर फर्कने फारम भराएको भन्दै गुनासो बढेको दूतावासले जनाएको छ ।
अबदेखि यस्तो समस्या भएमा र आफ्नो गुनासो दूतावासमा राख्दा कम्पनीको नाम, काम गरेको समय, अहिले भइरहेको समस्या र उपलव्ध भएसम्म आफूसँगै समस्यामा पर्ने साथीको समेत विवरण उपलब्ध गराउन दूतावासले अनुरोध गरेको छ ।