पालिका उपचुनाव : ६२ प्रतिशतभन्दा धेरै मत खस्याे
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – कोठाको झ्यालबाट बाहिर हेर्दा सुनसान देखिन्छ क्वालालम्पुर ।
दिनभरी मोबाइलमा घोप्टिने र राति आकाशका तार गन्ने । यसरी नै बितिरहेको छ दिनचर्या मलेसियामा बर्दियाका सुरेश राना । उहाँको मात्र होइन कोरोनाका कारण काम नभएपछि कोठामै क्वारेण्टीनमा बस्दा धेरैको दिनचार्य यस्तै भएको छ ।
सुरेश कतिबेला मोबाइलमा गेम खेल्नुहुन्छ त कतिबेला झ्यालबाट बाहिर हेर्दै टोलाउनुहुन्छ ।
‘आज अलिकति चहलपहल बढेको छ कि’, उहाँको मनको यो कौतुहलता एकैछिनमा साम्य हुन्छ, उस्तै सुनसान सहर, उफ...अझै कति दिनसम्म यस्तै हुनेहोला’, लामो स्वास फेर्नुहुन्छ । अनि फेरि सुरु हुन्छ मोबाइलमा गेम ।
मलेसिया सरकारले पुरै देश लकडाउन गरेपछि आफू कार्यरत कम्पनी पनि बन्द भएकोले कोठामै बसेको महिना दिन हुन लागिसकोको बताउनुहुन्छ रमेश ।
‘एकदुई हप्तासम्म त लकडाउन खुल्ला र काममा फर्किन पाइएला भन्ने लागेको थियो’, सुरेश भन्नुहुन्छ, ‘अब त सकिन्न यसरी यहाँ बस्न, बरु हाम्रो सरकारले घर फर्किने व्यवस्था गरिदिए जाति हुने थियो । तर सरकार नआइज भन्छ ।’
कोरोनाको सङ्क्रमणलाई रोक्न विश्वका धेरै देशहरु लकडाउनमा छन् । नेपाली युवा वैदेशिक रोजगारीमा गएका देशहरुमा पनि यस्तै लकडाउनले जनजीवन प्रभावित बनेको छ । त्यसको नराम्रो असर त्यहाँ कार्यरत नेपाली श्रमिकलाई परेको छ । लामो समयदेखि न कम्पनीमा काम, न त खाने बस्ने ठेगान । परदेशमा रहेका धेरै नेपाली श्रमिकको साझा समस्या हो यो ।
वैदेशिक रोजगारीकै क्रममा पोर्चुगलमा रहेका बिनोद तामाङ पनि कहिले घर फर्किन पाइएला र यस्तो दुःखमा परिवारसँग चार बात मार्न पाइएला भनेर दिन गन्दै बस्नुभएको महिना दिन हुन लागिसक्यो । तर उहाँको यो पीडा पनि उहाँकै मनभित्र सीमित छ । यति टाढाबाट मनको पीडा सरकारले कसरी सुन्न सक्छ र भन्नुहुन्छ उहाँ ।
‘विदेशमा भने जस्तो सजिलो छैन्, महिनैपिच्छे कोठा भाडा, बिहान बेलुका खाने रासनको उस्तै समस्या’ यस्तो कोरोना महामारी भइरहेको बेला पनि आफूहरु काममा जान बाध्य भएको दुखेसो गर्नुहुन्छ, ‘कुनै कुराको छुट छैन यहाँ, भेडाबाख्राको हुलझैं काममा हुलेको छ, गाडीमा त्यस्तै भिड हुन्छ, कोरोना लागिहाल्यो भने के गर्ने, कुनै राहत प्याकेज छैन ।’
कि आफूलाई स्वदेश फर्काउनुपर्यो होइन भने आफ्नो परिवारको जिम्मा सरकारले लिनुपर्यो भन्नुहुन्छ बिनोद । यस्तो अवस्थामा आफ्नो परिवारलाई सङ्क्रमण हुनबाट जोगाउनुपर्छ भन्ने चेतना सबैमा भएको तर सरकारले यस विषयमा उचित व्यवस्थापन गर्न जरुरी भएको उहाँको भनाइ छ ।
युरोपेली देश होस् या मलेसिया लगायत खाडीका देश, त्यहाँ रहेको नेपाली श्रमिकहरु कोरोनाको त्रासमा छन् । कसैलाई आफ्नो जागिर गुमेको चिन्ता छ भने कसैलाई कोरोना सङ्क्रमण डढेलोझैं फैलिरहदा पनि काममा खटिनुपर्दाको तनाव छ ।
तर अवस्था जे जस्तो भए पनि यस्तो दुःखद घडीमा आफूहरुलाई सरकारले स्वदेश फर्काओस् भन्नुहुन्छ, कतारबाट यज्ञराज कोइराला ।
उहाँ यो समस्या चाँडै समाधान हुने खालको नभएकोले सधैं देश लकडाउन गरेर साध्य नहुने भन्दै भन्नुहुन्छ, ‘सरकारले हामीहरुको समस्या किन नबुझेको ? हरेक दिन समस्या थपिंदैछन्, यहीँ बसिरहन अब सम्भव नै छैन ।’
अहिले खाडीका धेरै देशमा लकडाउन छ । लाखौंको सङ्ख्यामा त्यहाँ रहेका नेपाली श्रमिकहरु सरकारले आफूलाई किन स्वदेश फर्काउँदैन भनेर गुनासो गरिरहका छन् रेमिट्यान्सले देश चलाउँछन् तर रेमिट्यान्स पठाउने नागरिकलाई समस्या पर्दा सरकार किन मौन भएर बस्छ भन्ने धेरैको गुनासो छ ।
साउदीबाट विरेन्द्र वली यस्तै भन्नुहुन्छ, ‘हामीले पैसा पठाउँदा मात्र देश हाम्रो रहेछ भन्ने लाग्छ अरुबेला त हामीहरु रेमिटेन्स पठाउने मेसिन त हो नि ।’ यस्तो समस्यामा सरकारले आफूहरुलाई केही नगरेको भन्दै उहाँ असन्तुष्टि व्यक्त गर्नुहुन्छ, ‘विदेशमा काम गर्न आएकाहरु के नेपाली होइनन् र, उनीहरु समस्या भोगिरहँदा स्वदेश फर्काउने जिम्मेवारी सरकारको हुदैन र ?’
यूएईबाट राजु रम्तेल पनि आफूहरु घर न घाटको हुँदा नेपाल सरकार के हेरेर बसेको होला भन्दै आक्रोश पोख्नुहुन्छ । नेपाल सरकारले नागरिकको हक र हितको लागि भनेर गरेको लकडाउन र विदेशबाट आफ्ना नागरिकलाई नफर्काउनाले आफूहरुलाई समस्यामा धकेलेको बताउनुहुन्छ ।
‘यहाँ खाडीमा घर न घाटको बनाएर रोग लागोस् भन्ने चाहेको हो सरकारले, यस्तो अवस्थामा आफ्ना नागरिकलाई स्वदेश फर्कानु पर्दैन ?’ उहाँ आक्रोश पोख्दै सरकारलाई प्रश्न गर्नुहुन्छ ।
खाडी, मलेसिया लगायत विश्वका कैयौं देशमा रहेका नेपाली श्रमिकहरु अहिलेको विपतको घडीमा आफ्नो देशको सरकारले आफूहरुको लागि केही गरिदियोस् भन्ने आशामा छन् । तर नेपाल सरकारले यस्तो बेला विदेशबाट नेपालीलाई फर्काउन असम्भव हुने भन्दै जो जहाँ छन् त्यहीँ बस्न आग्रह गरेको छ ।
परदेशबाट नेपालीलाई देशमा ल्याउने बित्तिकै कुनै न कुनै माध्यमबाट सङ्क्रमण फैलिने जोखिम भएकाले तत्कालै स्वदेश फर्काउन सकिने अवस्था नभएको सरकारले जनाएको छ ।
यतिबेला नेपाल मात्र नभएर पुरै विश्व यस महामारीको विरुद्ध साझा लडाईंमा होमिएको भन्दै जो जहाँ छन् त्यहीँ सुरक्षितसाथ बस्नु नै सबैभन्दा राम्रो विकल्प भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बताउनुहुन्छ ।
‘यस्तो महामारीको बेला तथा संकटको बेला, आफ्नो देशको भूगोलभित्र रहेका सबै नागरिकको चाहे ती स्वदेशी हुन् या विदेशी सुरक्षाको जिम्मेवारी सम्बन्धित देशकै हुने गर्छ ’ ज्ञवाली भन्नुहुन्छ ।
त्यही भएर यस्तो कठिन घडीमा आफ्ना नागरिकलाई स्वदेश फर्काउन नसके पनि सम्बन्धित देशका राष्ट्र प्रमुखसँग कुरा गरेर आफ्ना नागरिकको सुरक्षाको विषयमा सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।
विभिन्न देशमा नेपाली नागरिकहरुको कसैको भिसा अवधि सकिएको छ, कसैको करार अवधि सकिएको छ भने कोही ओभरस्टै भएर अवैधानिक भएर बस्नुभएको छ ।
‘यसैले यी र यस्ता कारणले कोही नेपाली कानुनी रुपमा अप्ठ्यारोमा नपरोस् भनेर आफूहरुले सम्बन्धित देशको सरकारसँग आग्रह गरेका छौं’, ज्ञवालीले भन्नुभयो, ‘हाम्रो आग्रहलाई बुझेर उहाँहरुले पनि तीन महिनाको लागि भिसाको अवधि बढाइदिने भनेर निर्णय गर्नुभएको छ । यूएईले त अझ सन् २०२ भरी नै भिसाको म्याद कायम रहने भनेर भनेको छ ।’
विदेशमा रहनुभएका कतिपय नेपाली नागरिकले बरु स्वदेशमै महिना दिनसम्म पनि क्वरेन्टीनमा बस्न तयार छौं नेपाल फर्कानुपर्यो भनिरहेका छन् । तर यसरी क्वरेन्टीनको व्यवस्था गर्न प्राविधिक तथा व्यवहारिक रुपमा असम्भव भएको सरकारले जनाएको छ ।
‘५० लाखलाई क्वरेन्टीनमा राख्न व्यवहारिक हिसाबले सम्भव होला कि नहोला ? यी सबै कुरालाई बराबर पाटोमा राखेर बुझ्नुपर्ने हुन्छ’, मन्त्री ज्ञवालीले बताउनुभयो ।
खाडी र मलेसियामा बिहीबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ५२ पुग्यो, ५ निकाे भए, ४७ जना अस्पतालमा |
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।